लुम्बिनी प्रदेश सरकार

उद्योग, पर्यटन तथा यातायात मन्त्रालय

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

घरेलु तथा साना उद्योग कार्यालय

अर्घाखाँची

घरेलु तथा साना उद्योग कार्यालय, अर्घाखाँचीको सामान्य जानकारी तथा परिचय:-

       समुन्द्री सतहदेखि औषत (सबैभन्दा होचो र सबैभन्दा अग्लो भूभाग) करिब 13 सय मिटरको उचाईमा अवस्थित अर्घाखाँची जिल्ला 27 डिग्री 45 मि. उत्तरी अक्षांस देखि 28 डिग्री 6 मि. उत्तरी अक्षांस सम्म र 80 डिग्री 45 मि. पूर्वी देशान्तर देखि 83 डिग्री 23 मि. पूर्वी देशान्तर सम्म अवस्थित अर्घाखाँची जिल्लाको कूल क्षेत्रफल करिब 11 सय 93 व. कि. रहेको छ ।

       महाभारत पर्वत श्रेणी, चुरे क्षेत्र तथा भावर क्षेत्र समेत रहेको यस क्षेत्रमा पहाड, वेशी, टार तथा केही समथर भुभाग समेत रहेको छ । वाह्रौं जनगणना 2078 अनुसार यस जिल्लाको जनसंख्या करिव 1 लाख 77 हजार 86 रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको स्थापना वि. सं. 2044 सालमा घरेलु तथा ग्रामिण उद्योग विकासका नामले स्थापना भएको हो । विभिन्न प्रकारका कालखण्ड पार गर्दै घरेलु तथा साना उद्योग विकास समिति हुँदै मुलुकको शासकीय स्वरुपको परिवर्तन संगै संघीय लोकतान्त्रिक गणतन्तत्रात्मक राज्य व्यवस्था अनुरुप संघ, प्रदेश र स्थानीय गरी तीन प्रकारको संघात्मक सरकारको व्यवस्था बमोजिम हालको घरेलु तथा साना उद्योग कार्यालय लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको मातहतमा रहने गरी अर्घाखाँची जिल्लाको सदरमुका सन्धिखर्कमा वि. सं. 2076 सालमा स्थापना भएको हो ।

       3 वटा नगरपालिका, ३ वटा गाउँपालिका गरी जम्मा 6 वटा स्थानीय तहमा कूल 61 वटा वडा रहेको यस कार्यालयको मुख्या सेवा क्षेत्रहरु हुन । लघु, घरेलु, साना तथा मझौला प्रकारका उद्योगहरु र वाणिज्य व्यवसायहरुको स्थापना तथा विकास गर्न कार्यालयले प्रशासनिक सेवा उपलब्ध गराउनुका साथै उद्योग तथा वाणिज्य फर्महरुको विकास र प्रवर्द्धनको लागि आवश्यकतामा आधारित प्रविधि तथा मेशिनरी औजारहरु प्रदान, सीपमूलक तालिमको सञ्चालन तथा स्तरोन्नति गर्दै आएको छ ।

सोंच:-

      स्थानीय स्तरमा उपलब्ध साधन र स्रोतको उपयोग गरी विभिन्न प्रकारका उद्योग धन्दाको स्थापना, विकास र प्रवर्द्धन गर्ने र रोजगारीका अवसरहरु सृजना गरी बेरोजगारीको दर घटाई स्थानीय बेरोजगार युवाहरुलाई सीपमूलक र उद्यमशिलता तालिम प्रदान गरी उनिहरुलाई उद्यमशिल र विभिन्न ईलममा आवद्ध गराई गरिबी न्यूनिकरण र आयातलाई प्रतिस्थापन गरी निर्यातमा जोड दिने मूख्य सोंच रहेको छ ।